१० बर्षपछि जुरेको निखिल नन्दिताको भेट


नेपाली चलचित्र इतिहासमा सफल चलचित्रको रुपमा रहेको छ, ‘हामी तीन भाई’। सुपरस्टारहरुको भिड रहेको यो चलचित्रमा तीन जोडी रहेका थिए। यी तीनै जोडी नेपाली दर्शकका लागी स्मरणीय रहेका छन्। दुइ दशक अगाडी निर्माण भएको चलचित्रमा राजेश हमाल-रेखा थापा, श्रीकृष्ण श्रेष्ठ- झरना थापा र निखिल उप्रेती-नन्दिता केसीको जोडी रहेको थियो । यी तीन जोडीमा श्रीकृष्ण श्रेष्ठले यो संसार बाट बिदा लिईसकेका छन्।

नन्दिता केसी नेपाली चलचित्र क्षेत्रमा खासै सक्रिय रहेकी छैनन्। निखिल उप्रेतीको करियर उतारचढाव मय बनिरहेको छ भने उनि नयाँ चलचित्रको तयारीमा रहेको बुझिएको छ। राजेश हमाल चलचित्र भन्दा बढी कार्यक्रम र म्युजिक भिडियोमा बढी व्यस्त रहेका छन्। रेखा थापा चलचित्र निर्माण र अभिनयमा आफ्नो उपस्थिति बनाईरहेकी छिन् भने झरना थापा चलचित्र निर्देशनमा व्यस्त रहेकी छिन्। यिनै तीन जोडीमध्येको एक निखिल र नन्दिताको भेट झन्डै १० बर्षपछि भएको छ। अमेरिकामा आयोजना भएको एक अवार्ड समारोहमा यो जोडीको भेट भएको हो। पुराना दिन संस्मरण गर्दै अभिनेत्री नन्दितले निखिलसंगको तस्विर पोष्ट गरेकी छन्। निखिल र नन्दिताले केहि अन्य चलचित्रमा समेत सहकार्य गरेका थिए।

प्रतिक्रिया दिनुहोस्