गौरव र नम्रताको ‘नम्बरी सुन’ भदौबाट माघमा पुग्यो


भदौ १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’ को रिलिज ५ महिना पछि धकेलिएको छ। मंगलबार एक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिजलाई माघ १९ गते पुर्याएको छ। चलचित्रको टिजर र एक गीत सार्वजनिक भैसकेको छ। राजु गिरि निर्देशित चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, विनोद न्यौपाने लगायतको अभिनय रहेको छ।

नारायण खातीको शब्द रचना, कथा तथा प्रस्तुति रहेको चलचित्रमा रामजी लामीछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्