‘हामी तीन भाई’: लक्ष्मी, जाहन्वी र आश्मा हिरोइन


निर्देशक मधुसुदन भट्टराइको निर्देशनमा चलचित्र ‘हामी तीन भाई’ बन्ने पक्का भैसकेको छ। साउन १० गतेबाट सुटिङ्ग सुरुवात गर्ने तयारी गरिएको चलचित्रमा तीन नायिकाहरु फाइनल गरिएको छ । चलचित्रमा लक्ष्मी बर्देवा, आश्मा गिरी र जाहन्वी बस्नेत नायिकाको रुपमा रहेका छन्।


निर्देशक भट्टराईले स्वर्गीय शिव रेग्मीको निर्देशनमा तयार भएको चलचित्र ‘हामी तिन भाई’को नाम सापटी लिएर चलचित्र बनाउन लागेका हुन्। नेपाली चलचित्र इतीहासको यो यादगार चलचित्र हो। यो चलचित्रमा अभिनेत्रीको रुपमा रेखा थापा, झरना थापा र नन्दिता केसीले काम गरेका थिए । चलचित्रमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेती अभिनेताको रुपमा रहेका थिए। यो चलचित्र यी छ कलाकारको यादगार र वम्पर चलचित्रको रुपमा रहेको छ।

नयाँ हामी तीन भाई मा नायकको रुपमा विनोद न्यौपाने र कुशल बिष्ट फाइनल भएका छन्। प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने चलचित्रमा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रको कार्यकारी निर्माता विक्रम तामाङ र त्रिरत्न श्रेष्ठ निर्माता रहेका छन्। शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत रहेनछ।

सुपरहिट चलचित्र र अहिलेसम्म सम्झनामा रहने कलाकारको त्यो यादलाई यो चलचित्र कति पुरा गर्नछ त्यो भने हेर्न बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्