हर्क साम्पाङसंगको तस्विर पोष्ट गर्दै एलिजाले लिईन् सक्रिय राजनीतिबाट बिदा


सक्रिया राजनीति सुरुवात गरेको पांच महिनामै एलिजा गौतमले राजनीति बाट सन्यास लिएको घोषणा गरेकी छिन्। अभिनेत्री तथा एलिजा फाउन्डेसनकी प्रमुख रहेकी गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको भन्दै आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन्। गत माघमा नागरिक उन्मुक्ति पार्टीमा एलिजा प्रवेश गरेकी थिइन्।
धरान उपमहानगरका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुदै गरेको तस्विर शेयर गर्दै उनले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।

मेयर साम्पाङलाई भेटपछि उनले गरेको पोष्ट यस्तो छ।
‘ समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा
धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।
आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।
दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

एलिजालाई ६ महिने मन्त्री बनाउने सहमतिमा पार्टी प्रवेश गराएको चर्चा उनले सक्रिय राजनीति सुरु गरेसंगै चलेको थियो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई सर्वोच्चले सफाई नदिदा देशमा आगो बाल्ने चेतावनी दिएकी एलिजा रास्ट्रपतीले आम माफी दिएसंगै कारागारमा फूलमाला लिएर पुगेकी थिइन्। गैर संसादले ६ महिना मन्त्री बन्न सक्ने व्यवस्थाको फाइदा उठाउदै उनी मन्त्री बन्नको लागी पार्टीमा प्रवेश गरेको चर्चा थियो।

प्रतिक्रिया दिनुहोस्