‘सकम्बरी’ कुसुम को चलचित्रमा डेव्यु, आर्यनसंग जोडी बाधिने


प्रकाश सपुतसंग ‘सकम्बरी’ गीतको भिडियोमा डेव्यु गरेदेखि नै चर्चामा रहेकी छिन्, कुसुम शर्मा । केहि म्युजिक भिडियोमा अभिनय गरेकी कुसुम चलचित्रमा डेव्यु गर्ने पक्का भएको छ। दिनेश श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र ‘संजीवनी’ मार्फत कुसुमले नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्न लागेकी हुन्।

चलचित्रमा कुसुमको जोडीको रुपमा आर्यन सिग्देल रहेका छन् । मंगलबार औपचारिक रुपमा चलचित्रको बारेमा जानकारी दिईएको छ। लभस्टोरी कथामा निर्माण हुने चलचित्रमा श्रद्धा क्षेत्री, अरुण श्रेष्ठ, अन्सुया श्रेष्ठको अभिनय रहेनछ ।

प्रतिक्रिया दिनुहोस्