‘दिमाग खराब’ सेटमा निश्चल र स्वस्तिमाको व्यस्तता (फोटो स्टोरी)


तिहारमा रिलिजको तयारीको साथमा निर्देशक निश्चल बस्नेत यतिबेला चलचित्र ‘दिमाग खराब’ को सुटिङ्ग गरिरहेका छन्। काभ्रेमा सुटिङ्ग युनिटको साथमा निश्चल आफ्ना कलाकारलाई एक्सन कट गरिरहेका छन्।

‘लुट २’ पछि निर्देशनमा कमव्याक गरेका निश्चल चलचित्रलाई राम्रो बनाउन पूर्ण कसरत गरिरहेका छन्। राम्रो स्क्रिप्टको पर्खाइ र लेखाइमा निश्चलले दिमाग खराबलाई फाइनल गरेर सुटिङ्ग सेटमा पुगेका हुन्।

चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल मुख्य भूमिकामा रहेका छन्। रौनक विक्रम कंडेलको निर्माणमा तयार भएको चलचित्र कार्तिक २४ गतेबाट रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्