‘बहाब’ हेर्नुहोस् जोडी सहित थाइल्याण्ड जाने अवसर जित्नुहोस्
चलचित्र हेर्न दर्शकलाई हलसम्म तान्नको लागी निर्माण टिमले के के मात्र अस्त्र चलाउनु पर्छ भन्ने कुरा धेरैलाई मनन भएको बिषय नै हो । चलचित्रको गीत, टिजर, ट्रेलर देखि अन्तर्वार्तासम्म दौडधुप कलाकार र निर्माण टिमको हुने गर्दछ । यतिमात्र नभएर निर्माण टिमले विभिन्न प्याकेज सार्वजनिक गर्ने गर्दछ। दर्शकलाई आकर्षित गर्नका लागी विभिन्न अफर चलचित्रको निर्माण टिमले ल्याउने गर्दछ । यस्तै एक अफर चलचित्र ‘बहाब’ ले ल्याएको छ । चैत्र २४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र हेर्ने भाग्यशाली एक जोडी दर्शकले थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन्।
पुरस्कार जित्नका निम्ति ‘बहाब’ चलचित्रको टिकट ‘खल्ती एप’ मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ ।
खल्ती एपबाट टिकट काटेर चलचित्र हेर्ने एक जना भाग्यशाली व्यक्तिले एम डि होलिडेज को तर्फबाट आफ्नो जोडी सहित थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन । साथै खल्ती एपबाट टिकेट काट्दा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्नेछन् । चलचित्रसंग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एम डि होलिडेजकि प्रमुख प्रतिनिधि बिनिता त्वयना ले बताएकी छिन् । यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै, ‘खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खक्ती एप मार्फत चलचित्र हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिईन्।
दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज चलचित्र प्रमोशनको लागि निकै प्रभावकारी हुने मार्केटिङ्ग हेड सुदिप दवाडीको दाबी छ ।
बिजेता छनोट भने चलचित्र प्रदर्शन सकिएको २ हप्ता पछि खल्ती को अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ । सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरु पालना गर्नुपर्ने छ ।
नियम र शर्तहरू:
- विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
- टूर प्याकेज घोषणा को मिति देखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ ।
- यो प्याकेज अरुलाई दिन योग्य हुने छैन ।
- विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ |
- थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ ।
- भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम् ले बेहोर्नु पर्ने छ ।
प्रमोद कंडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भुमिकामा रहेका छन् । श्रीधर पौडेल चलचित्रको निर्माता रहेका छन् ।