दया र प्रकृतिको ‘बिहे पास’ टिजर : रोजगारीले सम्बन्धमा ल्याएको उतारचढाव


बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘बिहे पास’ को टीजर सार्वजनिक भएको छ। दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रको टीजर आकर्षक देखिएको छ।

विवाहको लागी युवतीको मन जित्न एक युवाले बनाएको योजना र त्यसको यथार्थ खुलेपछि सम्बन्धमा आउने उतारचढावको वरिपरि चलचित्रको टीजर घुमेको छ। लामो समय चलचित्र क्षेत्रबाट टाढा बसेकी प्रकृति यसै चलचित्रबाट पर्दामा फर्कने तयारीमा रहेकी छिन्।

प्रवेश पौडेल निर्देशित चलचित्रमा शिशिर बाङ्देल, बुद्धि तामाङ र रविन्द्र झाको अभिनय रहेको छ। चलचित्रलाई रोजन श्रेष्ठले निर्माण गरेका छन् भने रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्