फ्राइडे रिलिज: ‘के घर के डेरा’ र ‘नालापानी’


कार्तिक ४ गते शुक्रबार बाट २ नेपाली चलचित्र रिलिज भएका छन्। दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ र रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ रिलिज भएका छन्।


‘के घर के डेरा’ ले मल्टीप्लेक्समा उच्च शोज भएको छ भने नालापानीले पनि हलमा राम्रो शोज पाएको छ। नालापानी गढीमा सन् १८१४ मा भएको नेपाल- अंग्रेज युद्धमा वीर बलभद्र कुंवरले कप्तानी गरेको नेपाली फौजको एतिहासिक लडाईमा निर्माण भएको चलचित्र रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ। चलचित्रमा सन्तोष पन्त, देशभक्त खनाल, अर्जुन जंग शाही, विशाल पहारी, पुजना प्रधान, गीता अधिकारी, विशाल श्रेष्ठ, सुशील खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिस क्षेत्री,आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको ‘के घर के डेरा’ कमेडी जनरामा निर्माण भएको चलचित्र हो। ट्रेलरले दर्शकलाई चलचित्र प्रति उत्साहित बनाएको छ। सिंगे लामाको कथा रहेको चलचित्रमा महेश दवाडीको पटकथा र संवाद रहेको छ। ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्