‘प्रेमगीत ३’ नयाँ गीत: प्रतापको स्वरमा रोमान्टिक प्रदिप र क्रिष्टिना


असोज ७ गते रिलिजको तयारीमा रहेको नयाँ चलचित्र ‘प्रेमगीत ३ को ‘मायाको गाउँ’ रिलिज भएको छ। प्रताप दासको स्वरमा रहेको गीतमा बिष्णु भण्डारीको शब्द र सरोज पोख्रेलको संगीत रहेको छ। गीतको भिडियोमा प्रदिप खड्का र क्रिष्टिना गुरुङ्ग फिचर रहेका छन्।

सन्तोष शेनको निर्माणमा तयार भएको चलचित्रलाई शेन र छेतेन गुरुङ्गले निर्देशन गरेका छन्। प्रदिप र क्रिष्टिनाको साथमा चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्