पल शाहसंगको भेटमा के कुरा गरेकी थिइन् आंचलले?


नेपाली चलचित्र नगरीमा अभिनेता पल शाह र अभिनेत्री आंचल शर्माले संगै डेव्यु गरे। ‘नाई न भन्नु ल ४’ चलचित्र बाट डेव्यु गरेका पल- आंचलको जोडी पर्दामा हिट रह्यो। अहिले पनि दुवैको जोडीलाई दर्शकले उस्तै प्रेम दर्शाउछ। ४ बर्ष व्यवसायिक जीवनसंगै बिताएका यो जोडीले केहि चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा साथ काम गरेका छन् । पल र आंचल निर्माता र निर्देशकका लागी पनि खोजिने जोडी थियो। व्यक्तिगत जीवन र व्यवसायिक जीवनका असल मित्र भनेर आफुलाई चिनाउने यी दुवै आंचलको विवाहपछि टाडिएका थिए ।तर पनि यी दुवैलाई अहिलेसम्म पनि एकअर्काको बारेमा प्रश्न गरेर न दर्शक थाक्छन् , न संचारकर्मी नै। यो दुवैको जोडी प्रतिको सद्भाव र प्रेम पनि हो।


अभिनेता पल शाह यतिबेला तनहु कारागारमा नाबालिग बलात्कार केसमा थुनामा रहेका छन्। एक नाबालिग गायिकाले फागुन ११ गते बलात्कार विरुद्धको मुद्धा दर्ता गराएपछि फागुन १५ गते उनले प्रहरी सामु आत्मासमर्पण गरेका थिए। त्यसपश्चात उनको पक्ष र विपक्षमा सामाजिक संजालमा चर्को बहस भैरहेको नै छ। उनी निकट साथी, चलचित्रकर्मी र संचारकर्मी उनलाई भेट्न गैरहेका छन्। सुरुवाती दिनमा त कलाकारको भेट र गरिएका कुरा मिडियाको लागी हट केक नै थिए। सेलिब्रेटीपनि चलेको बहकाउमा मिडियामा आएर गफ दिन तम्तयार थिए । तर अभिनेत्री आंचल शर्मा भने त्यो भिड भन्दा फरक देखिईन्। आंचलले पललाई भेट्न पुगिन वा पुगिनन् भन्ने प्रश्न धेरैको मनमा थियो।

उनले एक अन्तर्वार्तामा यो बिषयमा खुलेर बोलेकी छिन्। पल शाहलाई भेट्न जानु भयो भन्ने प्रश्नमा उनि भन्छिन्, ‘ म केहि समय अगाडी उहालाई भेट्न गएकी थिए । हो मैले लामो समय लिए भेट्न जानको लागी। सुरुवाती दिनमा जो भेट्न गयो बाहिर मिडियामा आएर बोल्ने प्रचलन चलिरहेको थियो । म त्यो गर्न चाहान्न थिए । ऊहालाई म एउटा साथी र एउटा सहकर्मीको रुपमा भेट्न जान चाहन्थे त्यहि भएर थोरै ढिला गए।

के भयो त दुवैको भेटमा कुराकानी ?
आंचल भन्छिन्, ‘हामी बीच खासै धेरै कुराकानी हुन् पाएन । म आफ्नो चलचित्रको सुटिङ्ग युनिट संग पुगेकी थिए। केहि पछाडी पनि थिए। त्यहि भएर धेरै कुराकानी भएन। हालखबर बुझे अनि फर्किए। उहा पहिले भन्दा अझ ह्यान्डसम हुनुभएछ। सायद कामको दौडधुप कम हुनु र बाहिरी खाना नखानुले पनि उहाको मुहारमा चमकता बढेको हुनुपर्छ। ‘

कस्ता थिए त आंचलले चिनेका पल?
सोहि अन्तर्वार्ताको क्रममा सोधिएको यो प्रश्नको उत्तरमा आंचल भन्छिन्,’ म मैले चार बर्षसम्म चिनेको पल शाहको बारेमा खुलेर भन्न सक्छु। त्यो भन्दा पछाडी के भयो कस्तो हुनुभयो त्यो म भन्न सक्दीन। तर मैले ४ बर्षसम्म संगत गरेको र चिनेको पल शाह भने यो हैन। ‘

अभिनेत्री आंचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘झिंगेदाउ’ यहि भाद्र १७ गते रिलिज हुदैछ।

तस्विर: गुगल

यो लेख संचारकर्मी प्रकाश सुवेदीको कार्यक्रमको क्रममा आंचलले दिएको अन्तर्वार्ताको आधारमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्