‘प्रेमगीत ३’ को हिन्दी भर्सनमा ४ गीत,’जी- म्युजिकबाट सार्वजनिक (अडियोसहित)


हिन्दी भाषामा समेत तयार भएर रिलिज तयारीमा चलचित्र ‘प्रेमगीत ३’ मा समावेश हिन्दी गीतको अडियो कल्केसन सार्वजनिक भएको छ। ४ वटा गीतको एल्बम निर्माण टिमले भारतीय प्रसिद्ध म्युजिक कम्पनी ‘जी-म्युजिक कम्पनी’ मार्फत सार्वजनिक गरेको छ।

‘कोई ना कोई नाता हे’ बोलको गीतमा जुवीन नौटियाले आवाज दिएका छन्। सुवास कालेको शब्द रहेको गीतमा पवन राजले संगीत भरेका छन्।

रहात फते अली खानको आवाजमा ‘जहाँ भी जाव आई सनम बस तु हि तु’ गीतको अडियो पानी निर्माण टिमले सार्वजनिक गरेको छ। हरि शंकर सुफिको शब्द रहेको गीतमा देव राजको संगीत रहेको छ।


‘तुम प्यार हो’ बोलको गीतमा पलक मुच्छल र अंकित तिवारीको आवाज रहेको छ । कुमारको शब्द रहेको गीतमा अस्लाम केईको संगीत रहेको छ।

पालक मुच्छल र देव नेगीको आवाजमा रहेको ‘मुझ मे बस जाना’ बोलको गीतमा ए.एम. टुर्जाको शब्द र कल्याण सिंहको संगीत रहेको छ।

छेतेन गरुङ्ग र सन्तोष शेनको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भुमिकामा रहेको छन्। चलचित्र असोज ७ गते रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्