A vertical shot of the black cat in the dark darkness

बोल्ड ‘पानीफोटो’ गर्ल मलिका महत (फोटोफिचर)


खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफोटो’ आजबाट रिलिज भएको छ। चलचित्रमा अनुप बराल, मेनुका प्रधान र मलिका महत मुख्य भूमिकामा रहेका छन्।

द्वन्द्वकालिन समयमा हराएको छोरा पर्खिएका आमा-बाबु र बालापनको प्रेम कुरिरहेकी मलिका वरिपरि नै चलचित्र घुमेको छ। सफल नाटकलाई चलचित्रमा रुपान्तारण गरेका खगेन्द्र चलचित्रमा कति सफल बनेका छन् त्यो दर्शकले पक्कै बताउने छन्।
मलिकाको यो दोश्रो चलचित्र हो।

पहिलो चलचित्रबाट राम्रो छाप बनाएकी मलिकाको शालीनता र सुन्दरता सधै चर्चामा रहने गर्दछ। ‘पानीफोटो’ मा मलिका एक गाउँले युवतीको भूमिकामा रहेकी छिन्। उनको करियर र कामलाई यो चलचित्रले कता पुर्याउने हो त्यो पनि केहि दिनमा पक्कै थाह हुनेछ।

प्रतिक्रिया दिनुहोस्