‘मुटुमा सास भर्ने आधार’ खोज्दै नव-कलाकार


चलचित्र ‘प्रपन्च’ को पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको छ । बीएस बलामी निर्देशित चलचित्रको गीत काठमाण्डौमा आयोजीत एक पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको हो। शंकरलाल श्रेष्ठ र श्रद्धा दियालीको श्वर रहेको गीतमा सन्तोष प्रगाढको संगीत र दिनेश सुवेदीको शब्द रहेको छ।

तेंजु योन्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुमन थापा र मेनुका माझि फिचर्ड रहेका छन् । रोमान्टिक रुपमा भिडियोलाई प्रस्तुत गर्न कोरियोग्राफरले मिहेनत गरेकी छिन्। बद्री शाह, अनिल गीता र रविराज आचार्यले निर्माण गरेको चलचित्र असोज २१ गते रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्