एमएसएममा चलचित्र ‘ज्वाइँ साब’ रिलिज
ओटीटी प्लेटफर्म एमएसएममा चलचित्र ‘ज्वाइँ साब’ रिलिज भएको छ । आजबाट यो चलचित्रलाई ओटीटीमा रिलिज गरिएको हो । वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् ।

हलमा दर्शकले राम्रै साथ दिएको यो चलचित्रलाई दर्शकले ओटीटीमा पनि मन पराउने विश्वास गरिएको छ । कमेडी जनरामा तयार भएको यो चलचित्रले एक जना युवतीका लागि युवक छान्नका लागि गरिएको प्रतिस्पर्धाको कथा भन्छ ।