इन्द्रकला र हसनको ‘पैसाकी बैस’ मा जीवन र लक्ष्मीको रोमान्स


गायक हसन राई र गायिका तथा द भ्वाईस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी इन्द्रकला राईको स्वरमा ‘पैसाकी बैस’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाईस अफ नेपाल सिजन ६ कै अर्का प्रतिस्पर्धी चर्चित गायक तथा संगीतकार रोशन राईको यस गीतमा शब्द तथा संगीत रहेको छ ।


गीतको भिडियोमा जिवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ । जिवन र लक्ष्मीले नै निर्देशन गरेको म्युजिक भिडियोमा उनिहरुको रोमान्ससंगै गाउले जिवन सहितको प्रेमपनि देख्न सकिन्छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्