हलमा ‘भूठान’ र ‘खेल’, कस्तो छ बिहानीको अकुपेन्सी?
पछिल्लो केहि समयबाट नेपाली चलचित्रको बक्स अफिस व्यापार सुस्ताएको छ। अपेक्षा गरिएका चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसक्दा हल सुनसान बनेको हो। यहि बीचमा दुई नेपाली चलचित्र रिलिज भएका छन्। भिन्न जनराका दुई चलचित्र ‘भूठान’ र ‘खेल’ बैशाख १२ गतेबाट प्रदर्शनमा आएका हुन्। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेका दुवै चलचित्रको टिकट बुकिङ्ग र बिहानीको व्यापार भने सुस्त रहेको छ।

विनोद पौडेल निर्देशित चलचित्र ‘भूठान’ ले आफ्नु मुलुक भुटान फर्कन अमेरिका बसिरहेको एक व्यक्तिले गरेको संघर्षको कथा प्रस्तुत गरेको छ। हरिवंश आचार्य प्रमुख भूमिकामा रहेको चलचित्रमा उनको अभिनयले प्रसंसा बटुलेको थियो। प्रिमियरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिले हरिवंशको खुलेर तारिफ गरेका थिए। चलचित्रमा उनको साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, हलिउडका चर्चित अभिनेता ब्रुस डर्न लगायतको अभिनय छ ।
अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘खेल’ मा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय छ ।
दुवै चलचित्रको बक्स अफिस यात्रा कस्तो रहनेछ त्यो अव केहि समयमा थाह होला !