‘परालको आगो’ पछि जितुले साइन गरे ‘कार्की साइँला’


अभिनेता जितु नेपाल पछिल्लो समय एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। व्यावसायिक पाटोलाई पर राख्ने हो भने उनले लगातार भिन्न जनराका चलचित्रमा काम गरिरहेका छन्। केहि महिना अगाडी ‘परालको आगो’ सम्झौता गरेका नेपाल अर्को चलचित्र ‘कार्की साइँला’मा अनुबन्ध भएका छन् ।

यस बर्ष जितुले अभिनय गरेका दुई चलचित्र ‘ज्वाइँ साब’ र ‘कार्साङ’ रिलिज भएका थिए। राजेन्द्र बस्नेतको निर्देशनमा तयार हुने चलचित्रमा उनि मुख्य भूमिकामा अनुबन्ध भएका हुन्।

कर्ण बहादुर फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्मातामा बालकुमार राई र श्याम मगर छन् । । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको चलचित्रले ग्रामीण जीवनको कथा भन्नेछ । धनकुटामा छायांकन गरिने चलचित्रका अन्य कलाकारको बारेमा जानकारी गराइएको छैन।

प्रतिक्रिया दिनुहोस्