सौगात र बेनिशाको ‘कल्ली’ कात्तिक २१ बाट रिलिज हुने


छायांकनरत चलचित्र ‘कल्ली’ को प्रदर्शन मिति तय गरिएको छ। जुम्लामा छायांकन भैरहेको चलचित्र आउँदो वर्षको कात्तिक २१ गतेबाट रिलिज हुने भएको छ। तिहारको दुई सातापछि चलचित्रको रिलिज मिति घोषणा निर्माण टिमले गरेको हो।हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्