‘नरसिंहाः अवतार’मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा


जेठको ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ । पोष्टरमा राज र सनिशा रोमान्टिक मुडमा देखिएका छन्। यसले दुवै चलचित्रभित्र जोडीको रुपमा रहेको अनुमान गर्न सकिन्छ।

चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो चलचित्रबाट पुन: उदाउने दाउमा छन् । चलचित्रमा उनले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन् भने उनले एक्सन समेत सिकेका थिए । ‘१२ गाउँ’ को व्यापारबाट दंग सनिषा अब ‘नरसिंहाः अवतार’मा झनै बुलन्द रुपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्