मल्टिप्लेक्समा खुल्यो ‘पिताम्बर’ र ‘कर्मा’ को बुकिङ्ग, कसले कति पाए शो ?


बर्षका अन्तिम रिलिज चलचित्रको रुपमा दुई एक्सन चलचित्र रिलिज हुँदैछन्। चैत्र २९ गतेबाट २ नेपाली चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुदैछन् । दुवै चलचित्रका प्रचार सामाग्रीलाई दर्शकले रुचाएका छन्। सोहि कारण पनि यी दुवै चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ। रिलिज मिति नजिकिदै गर्दा मल्टिप्लेक्सले चलचित्रका शो खुलाएका छन्। देशभरका सम्पूर्ण मल्टिप्लेक्समा शो नखुले पनि अधिकांश हलमा भने दुवै चलचित्रका शो खुलेका छन्। दुवै नेपाली चलचित्रका शो लाई बलिउड चलचित्र ‘जाट’ ले असर पारेको छ।

अहिलेसम्म खुलेका शो संख्यामा ‘जाट’ अगाडी रहेको छ। यो चलचित्रले अहिलेसम्म ११९ शो पाएको छ। चलचित्र ‘पिताम्बर’ ले १०२ शो पाएको छ भने ‘कर्मा’ ले ७१ शो पाएको छ। रिलिजको दिनसम्म यो शो संख्यामा परिवर्तन हुनेछ। ३०० बढी शो सहित रिलिज भएको चलचित्र ‘वसन्त’ ले अपेक्षाकृत व्यापार नगर्दा यसको शोमा भारि गिरावट आउने अनुमान गरिएको छ । यसको फाइदा नेपाली दुई चलचित्रले लिनसक्नेछन्। अन्य चलचित्र पनि हलमा प्रदर्शनरत रहेका छन्। यसका शोले पनि दुवै चलचित्रका शो संख्यामा हेरेफेर हुनसक्नेछ।


तर फेरी एकपटक बलिउड चलचित्रको चेपुवामा नेपाली चलचित्रका शो परेका छन्। तर हरेकपटक अपेक्षा गरिएका भारतीय चलचित्रलाई नेपाली चलचित्रले पछि परिरहेका छन्। अव ‘पिताम्बर’ र ‘कर्मा’ ले कस्तो व्यापार गर्छन् त्यो हेर्न बाँकी रहेको छ।

कृषा चौलागाई निर्देशित चलचित्रमा स्टार पावर रहेको छ। चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, प्रमोद अग्रहरी, अनुप विक्रम शाही लगायतको अभिनय छ । ट्रेलरले उच्च हाइप बनाएको छ। विशाल चौलागाईले निर्माण गरेको चलचित्रले बक्स अफिसमा आकर्षक व्यापार गर्ने अनुमान गरिएको छ।

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘कर्मा’ तयार भएको छ। यो चलचित्रमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल दिव्य देव लगायतको अभिनय रहेको छ। वसन्त लम्सालको लगानी रहेको चलचित्रमा विपिन पहिलोपटक एक्सन भूमिकामा देखिदैछन्। यहि कारण पनि दर्शकका लागी चलचित्र प्रतिक्षित बन्नेछ। चलचित्र गीत र ट्रेलरले दर्शकको मन जितिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्