युट्युव ट्रेण्डीङ्गमा ‘कर्मा’ का ट्रेलर देखी गीतसम्म, कस्तो होला नयाँ बर्षमा व्यापार?
चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कर्मा’ का प्रमोसनल कन्टेन्ट दर्शकले रुचाइरहेका छन्। पहिलोपटक विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको चलचित्रका गीतमा सुशान्त केसी देखि दुर्गेश थापाले स्वर भरेका छन्। ट्रेलर देखि यी दुवै गीतलाई दर्शकले रुचाएका छन्। नेपाल युट्युवको मुभी सेक्सनमा चलचित्रको ट्रेलर यतिबेला ५ नम्बर ट्रेण्डीङ्गमा रहेको छ । ९ लाख बढी दर्शकले हेरेको ट्रेलरमा दर्शकको सकारात्मक प्रतिक्रिया रहेको छ।

सुशान्त केसीले पहिलोपटक चलचित्रका लागी गाएको गीत ‘पागल’ समाजिक संजालमा चर्चित बनेको छ। युट्युवको म्युजिक सेक्सनमा यो गीत ट्रेण्डीङ्ग नम्बर २ मा रहेको छ। दुर्गेश थापाको आवाजमा रहेको चलचित्रको प्रमोशनल गीत रिलिज भएको २३ घण्टामा म्युजिक सेक्सनको ११ नम्बर ट्रेण्डिङ्गमा रहेको छ। यो गीतलाइ दर्शकले रुचाएका छन् । ३ लाख ५७ हजार बढी पटक यो गीत हेरिएको छ। दुर्गेशको क्रेज यतिबेला नेपाली संगीत बजारमा उच्च रहेको छ। यसको फाइदा चलचित्रलाई हुने पक्का रहेको छ। जति सामग्रीलाइ दर्शकले रुचाएका छन् नयाँ बर्षमा यसको व्यापार राम्रो हुने आंकलन गरिएको छ।
सार्वजनिक ३ प्रमोसनल कन्टेन्ट ट्रेण्डीङ्गमा पार्न सफल चलचित्र प्रति दर्शकको चासो उच्च रहेको देखिन्छ। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा वसन्त लम्सालको लगानी रहेको छ।चलचित्रमा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ ।