नेपाली र हिन्दी भाषामा ‘द महावीर’, को-को छन् कलाकार ?


थिम पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । जिबी आग्रीको निर्देशनमा तयार हुने चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुने बताइएको छ। कृष्ण बिक र जिबी आग्रीको कथामा निर्माण हुने चलचित्र पोष्टर रेड एन्ड डार्क कलरमा तयार पारिएको छ। दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरले युद्धको कथा हुनसक्ने अनुमान गर्न सकिन्छ।

जिबी आग्रीले निर्देशन गर्ने चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ । बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा रखिएको छ। चलचित्रको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जित भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ।

लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’ मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन् ।

कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन् । डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् । चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन ।
निर्देशक जिबी आग्रीले भने, “हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौँ,” “हाम्रो चलचित्रको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्