‘नरसिंहाः अवतार’ को विदेशमा माग बढ्दै, जापान अधिकार बिक्रि


महानायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा: अवतार’ को केहि दिन अगाडी पोष्टर सार्वजनिक भयो। भव्य कार्यक्रमको आयोजना गरेर सार्वजनिक पोष्टर ६० फिट लामो रहेको बताइएको थियो। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको विदेश माग यतिबेला बढेको छ। फस्टलुक सार्वजनिक भएसंगै चलचित्रको जापान अधिकार बिक्रि भएको छ। जापान अधिकारसंगै अन्य देशको लागी पनि प्रदर्शनको अधिकार बिक्रि बारे कुरा भैरहेको निर्देशक भट्टराईले जानकारी दिए।

चलचित्रको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । जापानका दर्शकले यो चलचित्रको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको हो, त्यो खुलाएको छैन ।

राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय चलचित्रमा छ । दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी रहेको चलचित्र जेठ ९ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्