सुशान्तको आवाजमा रहेको ‘कर्मा’ गीत, विपिन र उपासनाको जोडी


चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कर्मा’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘पागल’ बोलको गीतमा लोकप्रिय गायक सुशान्त केसीको शब्द, संगीत र स्वर रहेको छ । यो सुशान्तको पहिलो चलचित्रको गीत हो। गीतको भिडियोमा स्वयम सुशान्त फिचर रहेका छन् भने विपिन कार्की र उपासना सिंह ठकुरीको जोडीलाइ पनि भिडियोमा देखन सकिन्छ। विपिन र उपासना चलचित्रमा मुख्य भूमिकामा रहेका छन्।

युवापुस्ता माझ लोकप्रिय सुशान्तको यो गीतको छोटो अडियो क्लिप अहिले सोसियल मिडियामा भाइरल रहेको छ। हजारौ टिकटक र रिल्स यो अडियोमा बनिसकेका छन्। युट्युवमा पनि गीतले दर्शकको राम्रो साथ पाएको छ। अहिले यो समाचार तयार पर्दासम्म रिलिजको १६ घण्टामा गीतले २ लाख ७० हजार बढी भ्युज पाईसकेको छ भने युट्युवको म्युजिक सेक्सनको ट्रेण्डिङ्ग नम्बर ९ मा रहेको छ। प्राप्त गीतका प्रतिक्रिया पनि अब्बल रहेका छन्।


चलचित्रका फुटेज दृश्य नै समावेश गरिएको गीतमा विपिनले उपासना प्रति दर्शकएको प्रेम प्रस्तुत गरिएको छ। यस अर्थमा पनि उपासना विपिनको लभ इन्ट्रेष्ट हुनसक्ने अनुमान गर्न सकिन्छ।

सौरभ चौधरीको निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा विपिन र उपासना सहित मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको चलचित्र आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा वसन्त लम्सालको लगानीमा निर्माण भएको छ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्