कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ को फस्टलुकमा यस्तो देखिए राजेश हमाल


फस्टलुक सार्वजनिक गर्दै चलचित्र ‘नरसिंहाः अवतार’ को प्रदर्शन मिति तय गरिएको छ । आज काठमाडौंको ग्लोबल कलेजमा आयोजित भव्य कार्यक्रममा चलचित्रको फस्टलुक सार्वजनिक गरियो । पाँच सय बढी विद्यार्थीहरुको उपस्थितीमा चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको हो। पोष्टर रिलिज संगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ।


चलचित्रलाई आउँदो वर्षको जेठ ९ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण, पनि यो चलचित्र विशेष र प्रतिक्षित छ ।


संभवत नेपाली चलचित्रको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए । यो चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको अभिनय छ ।

कार्यक्रममा विद्यार्थीहरुमाझ नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई चलचित्रका कलाकारहरुले उपहार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्