अशोक शर्माकी छोरी कृतिसंग सुनिलको ‘रिटिङ्ग र्याइँ र्याइँ’
नेपाली चलचित्र क्षेत्रका सफल कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ्ग र्याइँ र्याइँ’ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । बसन्त थापा र एलिना चौहानको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ। गीतमा वसन्त थापाको संगीत रहेको छ।

सुनिल क्षेत्रीको निर्देशन र अभिनय रहेको भिडियोमा सुनिल र कृतिको जोडी प्रस्तुत गरिएको छ । अभि वाग्लेको कोरियोग्राफी रहेको भिडियोमा सुरवीर पण्डितको पनि अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन तथा कलर गरेका हुन् ।
कृतिले पहिलो भिडियोमा काम गर्दा रमाइलो अनुभव भएको बताएकी छिन्। सुनिल क्षेत्रीले नै उनि सामु भिडियोको अफर पुर्याएका थिए। ‘पानीफोटो’ र ‘रातो टीका निधारमा’ चलचित्र कृतिले सहायक निर्देशकको रुपमा काम गरिसकेकी छिन्।