सेन्सरले एडल्ट सर्टिफिकेट दिएको चलचित्र ‘११:५५ बारे के भन्छन् कलाकार?
यहि शुक्रबार अर्थात् चैत्र ८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) यतिबेला प्रचारमा व्यस्त रहेको छ। सेन्सर बोर्डले चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ। चलचित्रका कलाकार रिलिज समय नजिकिदै गर्दा प्रचारलाई तीव्रता दिईरहेका छन्।

चलचित्रका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल अहिले विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकलाई चलचित्रको बारेमा जानकारी दिने कोसिसमा रहेका छन् । ट्रेलर, टिजर र गीतलाई मिलेको सकारात्मक प्रतिक्रियालाई लिएर चलचित्रका कलाकारहरु उत्साहित रहेका छन्।
चलचित्रकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफुले हरेक चलचित्रमा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’को भूमिकालाई पनि रुचाइनेमा आशावादी देखिइन् । उनी चलचित्रमा एक विवाहित महिलाको भूमिकामा देखिएकी छन् । थ्रिलर आफ्नो मनपर्ने जनरा भएको कारण पनि आफू काम गर्न तयार भएको उनले बताइन्। चलचित्रले एक दिन रातको ‘११ः५५’ मा घटेको घटनाको वरिपरि घुम्ने उनले जानकारी दिइन् ।
सामान्य दर्शकको रुपमा चलचित्रको स्कृप्ट पढ्दै गर्दा रमाइलो लागेकाले काम गर्न तयार भएको उनले बताइन् । ‘आजसम्म मैले एक किसिमको क्यारेक्टर गरिरहेको थिए । मेरो लागि यो क्यारेक्टर फरक लागेको थियो । यो क्यारेक्टरको एउटा साइकोलजिकल ग्राफ अनि लुक वाइज पनि फरक थियो । त्यही भएर पनि म यो चलचित्रमा काम गर्न तयार भएकी थिए,’ उनले भनिन् ।
चलचित्रकी अर्की मुख्य अभिनेत्री करिष्मा श्रेष्ठले चलचित्रमा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको बताएकी छन् । ‘मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ । यस्तो क्यारेक्टर गर्छु भनेर मैले सोचेको पनि थिइनँ । त्यो क्यारेक्टर निभाउन निकै चुनौती भयो । मलाई चुनौती मन पनि पर्छ । मेरो क्यारेक्टर दर्शकमा नोटिस हुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
चलचित्रले ११ः५५ बजे भएको ‘मर्डर’ र त्यसपछि उत्पन्न हुने परिस्थितिको कथा समेटेको छ।
चलचित्रमा फरक-फरक क्यारेक्टर छन् र हरेकले आफ्नै हिसाबले जीवन बाँचेका छन् । त्यही बीचमा अचानक एउटा हत्या हुन्छ र त्यसमा सबैजना संलग्न भएका हुन्छन् । अनि त्यसैको अनुसन्धानमा चलचित्र घुम्छ । प्रत्येक १५ मिनेटमा ट्विस्ट आउँछ । जसले दर्शकमा चलचित्र प्रति उत्सुकता जगाउन सक्छ,’ उनी भन्छिन् ।

चलचित्रका मुख्य अभिनेता महेश त्रिपाठी पनि चलचित्रलाई लिएर उत्साहित देखिन्छन् । नेपालमा कमै मात्र बन्ने जनरा क्राइम थ्रिलरमा चलचित्र निर्माण भएकाले पनि आफु काम गर्न तयार भएको थिए । यो सँगै चलचित्र यस्को मुख्य भूमिका उस्को सहायक भूमिका भन्ने नै छैन् । चलचित्रमा काम गरेका सवै कलाकार नै मुख्य भूमिकामा भएकाले काम गर्न निकै मज्जा आएको उनको अनुभव छ । जसरी हामीले छायांकन सेटमा काम गरेका थियौं । त्यसरी नै हलमा चलचित्र हेर्न पनि मज्जजा आउने विश्वास उनको छ ।
यो चलचित्रबाट अभिनेता सागर खनालले समेत नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आफुलाई डेव्युको प्रेसर नलिएको उनले बताए । ‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु । यो कुराको लागि अलिकति रेडी पनि थिए । चलचित्र डेव्यु तयारीको लागि समय पनि लिए । झ्वाट्टै आइहालेको पनि होइन् । कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर पहिलो नै थाहा पाएर तयारी गरेर नै आएकाले पनि आफुले डेव्युको प्रेसर नलिएको हुँ,’ अभिनेता डेव्यु खनालले भने ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।