अनुभव र समिक्षाको ‘पान बुट्टे रुमाल’


गायिका समिक्षा अधिकारीको नयाँ गीत ‘पान बुट्टे रुमाल’ सार्वजनिक भएको छ। गीतमा राजन राज शिवाकोटीको शब्द तथा संगीत रहेको छ।

समिक्षा अधिकारीको आफ्नै युट्युव च्यानलमा सार्वजनिक भएको गीतमा समिक्षा स्वयंले अभिनय गरेकी छिन्। अभिनयमा उनलाई अनुभव रेग्मीले साथ दिएका छन्। अनुभव केहि समयको बिश्रामपछि अभिनयमा फर्किएका हुन्।

शान थापाको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार भएको छ। राजिब समर सह- निर्देशक रहेको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका छन्।\

प्रतिक्रिया दिनुहोस्