अष्टनारायण हलमा ‘अन्जिला’ को क्रेज, दर्शकको भीड देखियो
फागु पुर्णिमाको अवसर पारेर बिहिबारबाट रिलिज भएको चलचित्र ‘अन्जिला’ ले दर्शकको राम्रो साथ पाउदै गएको छ। चैत्र २९ गतेबाट रिलिज भएको चलचित्रको आज शनिबार व्यापरमा उछाल आएको छ। बिहानैबाट चलचित्रको अकुपेन्सी राम्रो रहेको छ। चलचित्र हलमा एन्जिलाको कथा हेरेर दर्शक रोएका दृश्य सामाजिक संजालमा भाइरल भैरहेका छन्। आज अष्टनारायाण हलमा दिवाकालिन शो मा झन्डै १ हजार दर्शकले चलचित्र एकैपटक हेरेका छन्।

नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बाको जीवनमा आधारित भएर चलचित्रको निर्माण भएको छ। इलामको मंगलबारेमा जन्मिएर नेपाली महिला टोलिको कप्तान बन्न सम्म एन्जिलाले गरेको मिहेनतको कथा चलचित्रमा समावेश गरिएको छ।

चलचित्रमा एन्जिला स्वयं शिर्ष भूमिकामा रहेकी छिन्। उनको साथमा दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रलाई प्रेम कुमार श्रेष्ठले निर्माण गरेका छन्।