‘राम नाम सत्य’ मा विराज भट्ट अनुबन्ध


अभिनेता विराज भट्ट लामो समयको अन्तराल पछि होम प्रोडक्सन बाहिरको चलचित्रमा काम गर्ने भएका छन्। ८ बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘जय परशुराम’ यता उनले बाहिरि ब्यानरका चलचित्रमा काम गरेका छैनन्। उनले यो बीचमा ‘साङ्ग्लो’ र ‘१२ गाउँ’ चलचित्र निर्माण र अभिनय गरे। तर अव भने उनी नयाँ चलचित्रमा अनुबन्ध भएका छन्। माइकल चन्दको निर्देशनमा तयार हुने चलचित्र ‘राम नाम सत्य’ मा विराजको अभिनय रहनेछ। विराज स्वयमले यसको बारेमा जानकारी गराएका छन्।

‘राम नाम सत्य’को घोषणा २०८० को माघमा भएको थियो । एक्सन प्रधान चलचित्रमा विराज प्रमुख भूमिकामा देखिनेछन्। माइकल म्युजिक भिडियो निर्देशनमा सफल निर्देशक हुन्। चलचित्र निर्देशनमा भने यो उनको डेव्यु चलचित्र हो। उनले चलचित्र फरक र बिशेष भन्ने उल्लेख गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्