‘लाज शरणम्’ हेरेपछि बालेनले गरे धुर्मुसको प्रशंसा


हलमा प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ ले दर्शकको राम्रो साथ पाइरहेको छ। यहि बीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार साँझ दरबारमार्ग स्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र हेरेका छन्। चलचित्रको लागी ‘नेपाल हाँसेको’ को बोलको गीत गाएका छन्। चलचित्र हेरेर बालेनले सिताराम कट्टेल ‘धुर्मुस’ को तारिफ गरेका छन् । बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।”

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा लगायत कलाकार मुख्य भूमिकामा छन् । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।दोश्रो हप्तामा चलिरहेको चलचित्रले हालसम्म कति कलेक्सन गर्यो भन्ने आंकडा सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्