र्याप गायिका स्याम्मी डी रियल जीको स्वरमा ‘खेल’ को शिर्ष गीत सार्वजनिक
अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा रहेको चलचित्र ‘खेल’ को शिर्ष गीत सार्वजनिक भएको छ। स्याम्मी डी रियल जीको स्वर र शब्द रचना रहेको गीतमा र्याप मिश्रण गरिएको छ। र्याप गायिकाको रुपमा परिचित उनले यही गीतबाट पार्श्व गायनमा डेब्यु गरेकी हुन् । गीतका संगीतकार तथा संगीत निर्माता सुरज ब्लुज हुन् ।

भिडियोमा चलचित्रका मुख्य अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्यसँगै मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतका कलाकारलाई देख्न सकिन्छ । साथै, गायिका स्याम्मी र बक्सर रश्मिला श्रेष्ठ पनि फिचर्ड छन् । सिरुपाते कट्सको ब्यानरमा आशिषराज महर्जनले निर्माण गरेको चलचित्रलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रुपमा निर्देशन गरेका छन्। अनुराग बलिउडका अनुभवी सह-निर्देशक हुन् भने आस्थाले केहि नेपाली चलचित्रमा सह निर्देशकको रुपमा काम गरेकी छिन्।
अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीको कथालाई प्रस्तुत गरिएको चलचित्रको कथा आशिषराज महर्जनको हो भने पटकथा अभितेन्द्र र अनुराग प्रधानको रहेको छ । बैशाख १२ गतेबाट रिलिज हुने चलचित्रको कार्यकारी निर्माता लुइसराज महर्जन हुन्।