फुटबलबाट मोडिएको यात्रा: म्युजिक भिडियोमा डोना थापामगर, नयाँ गीत बन्यो यस्तो
नेपाली फुटबल प्रेमी दर्शकका लागी डोना थापा परिचित नाम हो। फुटबलबाट बाहिर रहे पनि उनि आफ्नो खेल समयमा उत्कृष्ट मिड फिल्डरको रुपमा परिचित रहेका थिए। खेल भित्र हुने राजनीतिको बारेमा उनि पटकपटक आवाज उठाउदै आएका छन्। सोहि कारण पनि उनी नेपाली फुटबलमा नपर्ने गरेको बहस हुने गर्दछ।

फुटबलमा उनको यात्रा विश्राम लागे पनि यतिबेला उनी युट्युव, टिकटक लगायतका सामाजिक संजालमा सफल रहेका छन्। उनका रमाइला भिडियो हेर्ने र उनलाई पछ्याउने दर्शकको ठुलो संख्या रहेको छ। भ्लग र रमाइला भिडियो मार्फत दर्शकलाई मनोरंजन दिने डोना म्युजिक भिडीयोमा पनि उतिकै व्यस्त र सक्रिय रहेका छन्। उनले खेलेका म्युजिक भिडियोले लाखौ दर्शकको साथ पाउने गर्दछ।
यहि बिचमा डोनाले आफ्नै आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरेका छन्। ‘तारेमा ज्यु’ बोलको गीतमा डोना र सुनिता थेगिमको स्वर रहेको छ। गीतमा विजय मगरको शब्द र शाहील लिम्बुको संगीत रहेको छ।
मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा डोना थापा मगर, एलन थापा मगर, एरोन थापामगर र सुहाङ्ग्मा लिम्बू फिचर रहेका छन्। एरोन, एलन र डोना दाजुभाई हुन् । तीनैजना राम्रो फुटबल खेलाडी समेत हुन्।