चलचित्र ‘११:५५’ को ट्रेलर सार्वजनिक


केशव पाण्डेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘११:५५’ को ट्रेलर सार्वजनिक भएको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलर बनिरहेका चलचित्र भन्दा भिन्न देखिएको छ।

विचित्र फिल्मको प्रस्तुतीमा गुड जब आर्ट्सको सहकार्यमा निर्माण भएको चलचित्र चैत्र ०८ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा शृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सागर खनाल, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तमाङ्ग, विशाल पहरी लगायतका कलाकारको अभियन रहेको छ।

एमएस अग्राज, केशब पाण्डे र शेखर ज्ञावलीले चलचित्रको कथा लेखेका छन्। श्याम शर्मा र सरोज शर्माले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन्। यो चलचित्र मार्फत सागर खनाल अभिनेताको रुपमा डेब्यु गर्दैछन्। पहिलो चलचित्रको ट्रेलरमा उनको अभिनय र डाइलग डेलिभरी राम्रो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्