वैवाहिक बन्धनमा बाँधिए अस्मिता र महेश


पछिल्लो समयका सफल गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले लगनगाँठो कसेका छन् । बिहिबार महेश र अस्मिताको काठमान्डौको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह चलिरहेको छ ।

तस्विर: अनलाइनखबर

विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट संगीतकर्मी उपस्थित छन् । विगत केहि दिनदेखि महेश र अस्मिताको मेहेन्दी, संगीत लगायतका समारोहहरु चलिरहेका थिए। महेश र अस्मिताको प्रेम विवाह भएको हो। केहि महिना अगाडी दुवैले दुवईमा इन्गेजमेन्ट गरेका थिए।


यी दुईले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । महेश र अस्मिताले केहि गीतमा सहकार्य गरेका छन्। सार्वजनिक कार्यक्रममा पनि दुवैले प्रस्तुती दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्