‘जनै हराएको बाहुन’ मा अभिनेत्री केकी अधिकारी अनुबन्ध


चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेत्री केकी अधिकारि अनुबन्ध भएकी छिन्। हिमाल न्यौपानेको निर्देशनमा तयार हुने चलचित्रका लागी निर्माण टिम र केकी बीच कागजी सम्झौता भैसकेको छ। यो चलचित्रमा विजय बराल, मिरुना मगर, गौरव पहरी र रेअर राई यसअगाडी नै अनुबन्धित भैसकेका छन्। ‘जनै हराएको बाहुन’ ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

परक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रमा आदित्य फिल्मस् निर्माता रहेको छ। चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ । चलचित्र २०८२ को तीजको अवसर पारेर भदौ १० गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्