‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर मा के छ ?
‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका निर्देशक सुदीप भुपाल सिंहको निर्देशनमा तयार भएको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्र टिजरमा बरिष्ठ अभिनेत्री लक्ष्मी गिरिको न्यारेसनबाट सुरु हुँदै अन्त्य भएको छ। टिजरले एक परिवारको सम्बन्ध र त्यसमा आउने उतारचढावको कथा बनेको छ। हाल पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेकाले केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ । रुवी सेन सिंहको निर्माण रहेको चलचित्रमा निर्देशक सिंहको कथा, सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ। मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा चलचित्रको छायांकन गरिएको हो ।