मिरुनाको व्यस्तता: ‘जनै हराएको बाहुन’ मा विजय बरालको जोडी बन्दै
पछिल्लो पुस्ताकी सर्वाधिक व्यस्त अभिनेत्रीको सुचिमा आफुलाई स्थापित गर्न सफल अभिनेत्री हुन् , मिरुना मगर । राम्रो व्यानर र कलाकार संग उनका पछी अर्का चलचित्र निर्माण र रिलिज भैरहेका छन्। कमर्सियल हिसाबले पनि चलचित्रमा उनले सफलता हासिल गरिरहेकी छिन्। ‘कबड्डी ४’, ‘जारी’, ‘घरज्वाई’, ‘नाङ्गो गाउँ’, ‘मनसारा’ जस्ता चलचित्रमा उनले सफलता हासिल गरिसकेकी छिन्। विपिन कार्कीसंग ‘ऊनको स्विटर’, धिरज मगरसंग ‘कुस्ती’, दयाहाङ राई र खगेन्द्र लामिछानेसंग ‘डबल ट्रिपल’ लगायतका चलचित्र उनको रिलिजको पर्खाइमा रहेका चलचित्र हुन्।

यहि बीचमा उनी नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। हिमाल न्यौपानेको निर्देशनमा तयार हुने चलचित्र ‘जनै हराएको बाहुन’ मा उनी अभिनेत्रीको रुपमा अनुबन्धित भएकी छिन्। यो चलचित्रमा विजय बराल मुख्य अभिनेताको रुपमा रहेका छन्। विजय र मिरुनाको जोडी पहिलोपटक दर्शकले पर्दामा हेर्न पाउनेछन्। विजय र मिरुनाले केहि चलचित्रमा सहकार्य गरिसकेका छन्। जोडीको रुपमा भने यो दुवैको पहिलो चलचित्र हो।
मनिष राउत पनि चलचित्रमा मुख्य भूमिकामा रहनेछन्। हाल मिरुना कुस्तीको छायांकनमा व्यस्त रहेकी छिन्। यो पश्चात ‘डबल ट्रिपल’ छायांकनमा जाने तयारीमा रहेको छ। त्यो पश्चात ‘जनै हराएको बाहुन’ छायांकनमा जानेछ। तीजलाई चलचित्रको रिलिज मिति लक्षित गरिएको छ । आमा र छोराबीचको इमोसनल कथा भन्ने चलचित्र पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको छ।