अल्मलिएको सुशील श्रेष्ठको करियरलाई ‘आउटलः दफा २१९’ ले लयमा ल्याउला?


अभिनेता सुशील श्रेष्ठले चलचित्र ‘होस्टेल रिटर्न्स’ बाट आफ्नो चलचित्र करियरको सुरुवात गरे। सुगठिलो शरीर, अग्लो हाइट र आकर्षक लुक्स उनी एक पर्फेक्ट नायक जस्तै भएर प्रस्तुत भए। अभिनयमा पनि त्यस्तो कमजोर उनी देखिएनन्। उनले सायद २ , कारखाना, लभ डायरिज लगायतका चलचित्रमा काम गरे।

तर जुन रफ्तारमा उनको करियर अगाडी बढ्नु पर्ने हो त्यो हिसाबले अगाडी बढिरहेको छैन। होस्टेलबाट आएका अनमोल केसी, नाजिर हुसेन, सलोन बस्नेत अहिले पनि व्यस्त कलाकारको रुपमा रहेका छन्। अनमोल र अभिछिन्न पहिलो रोजाईका अभिनेताको रुपमा रहदै आएका छन्। सुशील चलचित्रको करियरमा कही कतै अल्मलिएको जस्तो देखिदै आएका छन्।

तर उनको यो अल्मलिएको चलचित्र करियरको यात्रालाई उनको नयाँ चलचित्र ‘आउटलः दफा २१९’ ले सम्हाल्ने संकेत देखिएको छ। सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको छ। एक्सनले भरिएको ट्रेलरमा सुशील आकर्षक देखिएका छन्। ४ बर्षको गुमनाम बसाईपछि उनि यहि चलचित्र मार्फत पर्दामा फर्किएका हुन्। २ बर्ष उनले यहि चलचित्रका लागी मिहेनत गरेका छन्। यसपटक, उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन् ।

११ लाख भन्दा बढी भ्युज पाएको चलचित्रको ट्रेलरका प्रतिक्रियाले पनी उनी दर्शकको नजरमा पुन: परिरहेको पक्का छ। फागुन २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ । उनको कोरियोग्राफीमा सुशीलको एक्सन दर्शकले रुचाइरहेका छन् । सोहि कारण पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान बढेको छ । विक्की महर्जनको निर्देशनमा तयार भएको चलचित्रमा अमित अग्रहरिको लगानी छ । सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई शाहील खानले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्