भर्सटायल विपिन कार्की: ‘कर्मा’ मा एक्सन भूमिकामा, दर्शकमा बढ्दो कौतुहलता


अभिनेता विपिन कार्की नेपाली चलचित्र क्षेत्रका सफल अनि भर्सटाइल अभिनेता हुन् । हरेक चलचित्रका पात्रलाई फरक अनि आकर्षक ढंगले प्रस्तुत गर्न उनी माहिर छन्। यहि बीचमा उनी पहिलोपटक एक्सन चलचित्रमा एक्सन नायकको रुपमा देखिदैछन्। चलचित्रको उनको गेटअप र लुक्स केहि समय अगाडी नै सार्वजनिक भैसकेको छ। दुईवटा पोष्टरमा उनी ब्ल्याक ड्रेस र सट गनमा देखिएका थिए । पोष्टर बाहिरका फोटोमा पनि उनी फिट देखिएका छन्। उनले यहि चलचित्रका लागी लामो समयसम्म जिममा आफ्नो समय व्यतित गरेका थिए। जिममा गरेको मिहेनत, सार्वजनिक भएका पोष्टर र लुक्सले चलचित्र ‘कर्मा’ र विपिन प्रति दर्शकको कौतुहलता बढ्दो रहेको छ।


सौरभ चौधरीको निर्देशनमा तयार हुँदै रहेको चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ। ‘अगत्स्य’ निर्देशन गरेर चर्चा र एक्सन चलचित्रका लागी सम्भावना बोकेका निर्देशकको रुपमा देखिएका सौरभको यो नयाँ एक्सन चलचित्र दर्शकका लागी कौतुहलता पूर्ण रहेको छ ।

आफूले चलचित्रको कथाले मागेको चरित्र निर्माणमा कलाकारलाई पर्याप्त समय दिएर काम लिन कुनै कसर नछाडेको निर्देशक सौरभले बताए । उनले भने, “हामीले विपीनलाई कथा अनुसार तयार पारेका छौँ । उहाँले पनि त्यस्तै कडा मेहनत गर्नुभएको छ । जुन टिजरमा अब केही समयपछि दर्शकले देख्नुहुनेछ ।”

‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । ‘कर्मा’ मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव लगायतका कलाकारको अभिनय रहेको छ । मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्