व्यस्त २०८२ को तीज: ‘माग्ने राजा’ देखि ‘जनै हराएको बाहुन’ सम्म रिलिज कन्फर्म
आगामी बर्ष नेपाली चलचित्र क्षेत्रका लागी निकै व्यस्त हुने देखिएको छ। चलचित्रको छायांकन र रिलिज चटारो निकै व्यापक देखिएको छ। बिदाको अवसर पारेर चलचित्रहरुको रिलिज भिडन्त व्यापाक हुने गर्दछ। आगामी बर्षका चाडपर्वका प्रमुख मितिहरू यहि बर्ष बुक भैसकेका छन्। हरितालिका तीजमा पनि नेपाली चलचित्रको भिडन्त व्यापक हुने भएको छ। दुई चलचित्रले यो मितिमा चलचित्र रिलिजको घोषणा गरिसकेका छन् भने अन्य चलचित्र पनि यो मितिमा रिलिज हुने तयारीमा रहेको बुझिएको छ।

ऋषि लामिछानेको निर्देशनमा तयार हुने चलचित्र ‘माग्ने राजा’ हरितालिका तीजमा रिलिज हुँदैछ । यो चलचित्रमा केदार घिमिरे, आर्यन सिग्देल, बर्षा शिवाकोटी, विल्सन विक्रम राइ लगायतका कलाकारको अभिनय रहनेछ। मुनाल घिमिरेले चलचित्रको निर्माण गरेका हुन्।
विजय बराल प्रमुख भूमिकामा रहने चलचित्र ‘जनै हराएको बाहुन’ पनि हरितालिका तिज अर्थात् भदौ १० गते रिलिज हुनेछ । हिमाल न्यौपानेले निर्देशन गरेन चलचित्र पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको छ। सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ चलचित्रको निर्माता हुन्।
यहि मितिमा ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशकको नयाँ चलचित्र ‘कोशेढुंगा’ रिलिजको चर्चामा रहेको छ। आर्यन सिक्देल, सुरक्षा पन्त, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोट लगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ। नरदेवी फिल्मसको प्रस्तुति रहेको यस चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् ।