‘वरिष्ठ बलराम’ को शुभमुहर्त, लक्ष्मीपूजामा रिलिज हुँदै


सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने चलचित्र ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्त गरिएको छ । काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।


आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेको चलचित्रमा महेश दवाडीको लेखन र निर्देशक पौडेलको कथा रहनेछ। कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय चलचित्र हो ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न स्थानमा हुनेछ। चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी, मानकृष्ण महर्जनको डिओपी रहने छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा चलचित्र निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्