अभिनेता दिलिप रायमाझीलाई पितृ शोक


नेपाली चलचित्र क्षेत्रका सफल अभिनेता दिलिप रायमाझीलाई पितृ शोक परेको छ। अभिनय, डान्स र कमेडीका हिसाबले अब्बल सावित भएका दिलिप अहिले पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन्।

७८ बर्षिय दिलिपका पिता आनन्द कुमार रायमाझीको गएराती किर्तिपुर अस्पतालमा निधन भएको हो। लामो समय देखि विविध स्वास्थ्य समस्या भोगिरहेका रायमाझीको आज नै पशुपती आर्यघाटमा अन्तेष्टि गरिएको छ। दिलिप मेरो डान्स युनिभर्सको अडिसनको शिलशिलामा विश्वका विभिन्न भागमा यात्रा गरिरहेका थिए।
अमेरिका, हुँदै जापान , थाइल्याण्ड र भारत हुँदै हिजो राति ११ बजे दिलिप काठमान्डौ आईपुगेका थिए। दिलिपले आफ्ना विमारी पितालाई अन्तिम अवस्थामा भेट्ने अवसर पाएका थिए।

दिलिपका पितालाई हाम्रो तर्फवाट हार्दिक श्रद्दान्जली !

प्रतिक्रिया दिनुहोस्