‘कल्ली’ को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान
अभिनेता उत्तम प्रधान आफ्नो कमब्याक चलचित्रका लागी नेपाल आइपुगेका छन्। भोलिबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘कल्ली’ का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका हुन्। उत्तमलाई चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे ।

चलचित्रमा मुख्य भूमिकामा रहेका उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, चलचित्रको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ ।
चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमला देबी राई चलचित्रका निर्माता हुन् भने सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।