झरना थापाको ‘ए मेरो हजुर ५’ मा पल शाह !


अभिनेत्री झरना थापा नयाँ चलचित्र ‘ए मेरो हजुर ५’ को तयारीमा जुटेकी छिन्। लामै समयबाट चलचित्रको तयारीमा लागेकी थापा अव भने चलचित्रको कामलाई द्रुत गतिमा अगाडी बढाउने सोचमा देखिएकी छिन्। उनले चलचित्रको संगीतको जिम्मा गायक खेम सेन्चुरीलाई दिएकी छिन्। खेमको प्रवेशले यो पटक चलचित्रका गीत उनले गरिआएका भन्दा केहि भिन्न हुनसक्ने अनुमान गरिएको छ।

चलचित्रमा मुख्य अभिनेताको रुपमा अभिनेता पल शाह रहने चर्चा रहेको छ। झरना र पल दुवैको छलफल भएको र सकारात्मक दुवै पक्ष रहेको बुझिएको छ। पल पछिल्लो समय व्यस्त अभिनेताको रुपमा रहेका छन्। उनि यतिबेला चलचित्र मोहरको छायांकनमा व्यस्त रहेका छन्।

उनको नयाँ चलचित्र ‘मायावी’ रिलिजको तयारीमा रहेको छ। अन्य केहि चलचित्र पनि उनको पाईपलाइनमा रहेका छन्। चलचित्रमा मुख्य अभिनेत्री सुहाना थापा नै हुने चर्चा छ। उनी चलचित्र ‘परालको आगो’ गर्ने तयारीमा रहेकी छिन्।

जे होस् पल र सुहानाको जोडीलाई लिएर झरनाले चलचित्र निर्माण गरिन् भने त्यसको चर्चा भने राम्रै हुनेछ।

प्रतिक्रिया दिनुहोस्