ज्ञानेन्द्रले सुरु गरे ‘झिंगेदाउ २’ को तयारी, आंचल र केकी दोहोरिने
सफल चलचित्र ‘झिंगेदाउ’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, आंचल शर्मा, मुकुन भुषाल लगायतका कलाकार प्रमुख भूमिकामा रहेका थिए। निर्देशक देउजाले यो चलचित्रको सिक्वेल निर्माण काम अगाडी बढाएका छन्। सोमबार संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए ।

चलचित्रको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । त्यसका साथमा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ । चलचित्रको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए ।
कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको चलचित्रमा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ । चलचित्र २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।