‘हर्ष’ मा खगेन्द्र र आंचलको जोडी


पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त रहेकी अभिनेत्री आंचल शर्मा नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। अभिनेता खगेन्द्र लामिछानेसंग उनी चलचित्र ‘हर्ष’ मा अनुबन्धित भएकी हुन्। चलचित्रलाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् ।

ई प्राइम मुभिजको ब्यानरमा बन्ने चलचित्रको कलाकारमा हालसम्म आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ । प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गर्ने चलचित्रको कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्रमा मेकिङ अध्ययन गरेकी छन् । उनले केही छोटा चलचित्रहरु बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्