चलचित्र ‘द्रोपदी’ को पहिलो गीत ‘कर्णाली काटौँला’ सार्वजनिक
चलचित्र ‘द्रोपदी’ को पहिलो गीत ‘कर्णाली काटौँला’ सार्वजनिक गरिएको छ । ऋषि राज आचार्यको शब्द रहेको गीतमा रवि ओडको संगीत र आवाज रहेको छ भने फिमेल आवाज इन्द्रकला राइको रहेको छ ।

विष्णु ठडराईको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा चलचित्रका मुख्य दुई जोडी ऋषिराज आचार्य र आश्विनी शाही तथा रवि ओड र सुजता तिमल्सिना बीचको प्रेमलाई देखाइएको छ । गीतको भिडियोमा डोल्पाको जनजीविका र भौगोलिक विकटतालाई समेत चित्रण गरिएको छ। ऋषि राज आचार्यको निर्देशनमा तयार भएको चलचित्र चैत्र ८ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह-निर्मातामा छन् ।