सलोन र नम्रताको ‘रंगी’ फागुन २ बाट सवैले हेर्न पाउने


सलोन बस्नेतको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘रंगी’ ले केन्द्रीय सेन्सर बोर्डबाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। बिहिबार सेन्सर बोर्डले चलचित्रलाई ‘यु’ सर्टिफिकेट दिएको हो। सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रले बाबुछोरीको कथा भन्छ।

चलचित्रको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ । प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।

आगामी फागुन २ गते रिलिज हुने चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको छ।

प्रतिक्रिया दिनुहोस्